सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद

२०८१ असोज २८, ०७:५४ खबर संवाददाता

कैलालीः कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोड स्थित पदमा अस्पताल अत्तरिया नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस