सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु, एक जना घाइते

२०८१ असोज २४, ०५:५८ खबर संवाददाता

धनगढीः कैलालीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–७ खरौलास्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ६८३५ नम्बरको ट्याक्टरमा सुदूरपश्चिम प्रदेश ०१००९ प १९८१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–७ की २३ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस