सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर कृषि बजारलाई हस्तान्तरण

२०८१ असोज २४, ०३:०६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा निर्मित ५ मेट्रिकटन क्षमताको शित भण्डार (कोल्ड स्टोर) कृषि बजारलाई हस्तान्तरण गरिएको छ।

गोदावरी नगरपालिका–१ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले कृषि बजारका अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका हुन्।

कोल्ड स्डोर अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियाजनाको आर्थिक सहयोगमा निर्माण भएको हो। तयार नेपाल परियाजनाको ८ लाख १७ हजार ६९९ रुपैयाँ तथा कृषि उपज थोक बजार समितिको एक लाख ५० हजार लगानीमा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो।

कमेन्ट लोड गर्नुस