सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकैदिन ३७ जना जुवाडे पक्राउ

२०८१ असोज २४, ०८:३९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एकैदिन ३७ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–५ सोभाताल स्थित बाँझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–६ चान्देउका ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई ५२ हजार १२८ रुपैँया र ४ गड्डी ताससहित इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो। यस्तै कृष्णपुर नगरपालिका–४ किचाई स्थित प्रकाश ऐरको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–५ का ३५ वर्षीय दिलबहादुर चौधरी समेत १० जनालाई १ लाख २७ हजार ९७२ रुपैँया र २ गड्डी ताससहित पक्राउ गरेको हो। उनीहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस