सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी पुल नजिक मोटरसाइकल र कार एक आपसमा ठोक्किँदा दुर्घटना

२०८१ असोज २३, ०५:३९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

जिल्लाको  गोदावरी नगरपालिका–४ गोदावरी पुल नजिक जानकी गाउँपालिका–६का टेक लुहारले चलाएको भे १३ प ११८२ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०३०६७७ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक टेकको कम्मर र खुट्टामा चोट लागेको छ। उनको पदमा अस्पतालमा उपचार भइरहेको छ। कारका चालक कञ्चनपुरको पुर्नवास नगरपालिका–४ का रोहित अर्याल, कार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस