कञ्चनपुरमा स्रोत नखुलेको २५ लाखसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन्।
सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो। सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दका अनुसार भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ताबाट १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँ बरामद गरिएको हो।
सो रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाएको उनले बताए। बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहोलपुरस्थित राजश्व अनुसनधान विभाग पठाइएको उनले बताए।