लम्कीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते
धनगढीः कैलालीको लम्कीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
पश्चिमबाट पुर्वतर्फ गइरहेको जयसिँह ढाँटले चलाएको बाग्मती प्रदेश ०२०३९ प ३३५५ नम्बरको मोटरसाइकल र विपरीत दिँशाबाट आइरहेको से ७ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोमवार लम्कीचुहा नगरपालिका–३ ढुङ्गेबजारमा भएको उक्त दुर्घटनामा परेर चार जना घाइते भएका छन्।
घाइते हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का जयसिँह भाट, उनको मोटरसाइकल पछाडि सवार रहेका शंकर ढाँट र अर्को मोटरसाइकलका चालक हर्कबहादुर विक र उनकी श्रीमती मैना विक घाइते भएका छन्। घाइते भएका तीन जना डिस्चार्ज भइसकेका छन भने हर्कबहादुरलाई थप उपचारका लागि कोहलपुर मेडिकल रेफर गरिएको प्रहरीले जनाएको छ।