धनगढीमा स्कुटरको ठक्करबाट ढाई वर्षीया बालिका घाइते
२०८१ असोज २२, ०५:२८
धनगढीः कैलालीमा स्कुटरको ठक्करबाट एक नाबालिका घाइते भएकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ मित्रनगरमा ढाई वर्षीया बालिका स्कुटरको ठक्करबाट घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। बालिकाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। घटनाको पुर्ण विवरण प्राप्त नभएको केन्द्रले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस