सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगर क्षेत्रका झण्डै १२ हजार भूमिहीनको जग्गा दर्ता

२०८१ असोज २२, ०८:२४ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले झण्डै १२ हजार भूमिहीनहरूको जग्गा दर्ता गरेको छ। गत आर्थिक वर्षसम्म ११ हजार ६ सय ७९ भूमिहीन, दलित तथा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको सो नगरपालिकाले जग्गा नाप–जाँच तथा दर्ता गरेको हो।

आर्थिक वर्ष २०८०/८१ सम्म ८९५ भूमिहीन दलित, एक हजार १६१ भूमिहीन सुकुम्वासी र ९ हजार ६२५ अव्यवस्थित बसोवासीहरूका निवेदन दर्ता गरिएको छ। नगरपालिकाले गत वर्ष वडा नम्बर १, ३, ६ र ९ मा जग्गाको नाप–जाँच गरेको छ।

वडा नम्बर १ मा दुई हजार तीन सय ८ कित्ताको १७९ दशमलव १८ हेक्टर, वडा नम्बर ३ को एक हजार ३९ वटा कित्ताको ९४ दशमलव ५५ हेक्टर, वडा नम्बर ६ को दुई हजार ८६८ वटा कित्ताको तीन सय ३८ दशमलव ७९ हेक्टर र वडा नम्बर ९ को ९५० कित्ताको १०६ हेक्टर जग्गा नाप–जाँच गरिएको छ।

नगरपालिकाले कुल सात हजार १६२ कित्ताको ७१८ दशमलव ५२ हेक्टर जग्गाको नाप–जाँचको काम पूरा गरेको छ। नाप–जाँच र दर्ता गर्ने तथा भूमि आयोगले जग्गा धनी पुर्जा दिने भनिएको थियो। तर, हाल भूमि आयोग खारेजी भएको छ।

कमेन्ट लोड गर्नुस