सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा नगरपालिकाको आन्तरिक आम्दानी तीन करोड ५६ लाख

२०८१ असोज २१, ०६:३३ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले तीन करोड ५६ लाख आन्तरिक आम्दानी गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ५६ लाख ८८ हजार तीन सय ६७ रुपैयाँ ७२ पैसा आम्दानी गरेको हो।

नगरपालिकाले ३३ प्रकृतिका विभिन्न शिर्षबाट सो आम्दानी गरेको छ। नगरपालिकाले सम्पती कर, व्यवसाय कर, भूमि तथा मालपोत कर, सिफारिस दस्तुर, अन्य दस्तुर, नाता प्रमाणीत दस्तुर, नक्सा पास दस्तुर, व्यक्तिगत घटना दर्ता, व्यवसायी रजिस्ट्रेशन, अन्य प्रशासनिक सेवा, सरकारी सम्पति वहाल, न्यायिक दस्तुरबाट आम्दानी गरेको पाइएको छ।

यस्तै, कृषि तथा पशु, बहाल बिटौलि कर, अन्य राजश्व, नदीजन्य पदार्थ, घर बहाल, व्यवसाय बक्यौता, तालतलैया, जग्गा बहाल, मलखाद सिफारिस, परिक्षा, शिक्षा क्षेत्र, विद्युत, मनोरञ्जन कर, अन्य सेवा शुल्क, ठेक्काबाट प्राप्त रकम, कवाड र पशु चौपाया निकासीबाट आम्दानी गरेको छ।

गौरीगंगाले नदीको ठेक्का तथा जदीजन्य पदार्थको विक्रीबाट सबैभन्दा बढी रकम सङ्कलन गरेको छ। नदीजन्य पदार्थ विक्रीबाट ३२ लाख ६० हजार आम्दानी गरेको नगरपालिकाले तीनवटा नदीबाट एक करोड २९ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ।

कमेन्ट लोड गर्नुस