सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई भ्रम नफैलाउन सुदूरपश्चिम प्रदेश अध्यक्षको चेतावनी

२०८१ असोज २१, ०५:३८ खबर संवाददाता

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले एमालेका नेता भीम रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैशीले निर्वतमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरि अनावश्यक रुपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरि लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडी बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्ने चेतावनी दिन चाहन्छु‘ अध्यक्ष जैशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

IMG-20241007-WA0000(2)1728299702.jpg

कमेन्ट लोड गर्नुस