सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तीन मोटरसाइकलसहित पाँच लाख बढीको अवैध सामान बरामद

२०८१ असोज २०, ०४:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट पाँच लाख बढीको अवैध सामान बरामद गरिएको छ।

असोज १८ र १९ गते कञ्चनपुरका विभिन्न ठाउँबाट प्रहरीले पाँच लाख बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले ९२ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ३ लाख २५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले अन्दाजी ५९ हजार १८० मुल्यको सामान बरामद गरेको छ।

यस्तै इलाका प्रहरी कार्यालय ब्रहमदेवले ९ हजार र प्रहरीचौकी परासनल ३२ हजार २ सय गरेर अन्दाजी ५ लाख १७ हजार १८० मुल्य बराबरको सामान बरामद गरेको छ। बरामद गरेको सुट,साडी,घासको बिउ,प्याजको बिउ,प्लाष्टिक, पटाका, चिनी,कुरकुरे,बिडी र तीन थान मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस