सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १५२ महिलासहित १५ सय ३० पुरुष जेल परे, क्षमता ६१४ मात्र

२०८१ असोज १९, १२:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा एक सय ५२ महिलासहित १५ सय ३० जना पुरुष जेल परेका छन्। सबैभन्दा बढी कैलालीमा ६ सय ३९ जना जेल परेका छन्।

एक सय ५० जना क्षमताको जिल्ला कारागार कैलालीमा पाँच सय ८५ परुष र एक सय २५ महिला जेलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। ९५ जना क्षमताको जिल्ला कारागार कञ्चनपुरमा २ सय २८ पुरुष र १० महिला गरी २ सय ३८ जना जेल परेका छन्।

एक सय ५६ जना क्षमताको जिल्ला कारागार डडेल्धुरामा एक सय ३३ पूरुष र १० महिला गरी एक सय ४३ जना जेल परेका छन्। २८ जना क्षमताको जिल्ला कारागार डोटीमा ७८ पुरुष र २ महिला गरी ७० र ७५ जना क्षमताको जिल्ला कारागार अछाममा ८० जना पुरुष र पाँच जना महिला गरी ८५ जना जेल परेका छन्।

यस्तै २५ जना क्षमताको जिल्ला कारागार बझाङमा ७० जना पुरुष, २५ जना क्षमताको जिल्ला कारागार बाजुरामा ६६ जना पुरुष, २५ जना क्षमताको जिल्ला कारागार बैतडीमा ७९ जना पुरुष र ४० जना क्षमताको जिल्ला कारागार दार्चुलामा ७९ जना जेल परेका छन्। ५६ जना कैदी र २३ जना थुनुवा छन्। ती सबै पुरुष हुन्।

विभिन्न अपराध गरेर सम्वन्धित जिल्ला अदालतबाट दोषी ठहर भएकाहरु जेल जिवन विताइरहेका छन्। प्रदेशभित्रका नौवटै जिल्ला कारागारको कुल क्षमता ६ सय १४ रहेकोमा क्षमताभन्दा दोब्बर बढी अर्थात १५ सय ३० जना जेलभित्र हुँलिएको छ।

कमेन्ट लोड गर्नुस