सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८१ असोज १९, ०७:४४ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको घर कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेकी हुन्।

यस्तैगरी गौरीगंगा नगरपालिका–१० बस्ने २८ वर्षीय इन्द्र कठायत र गौरीगंगा नगरपालिका–८ बस्ने ३२ वर्षीय हेम चौधरी पक्राउ परेका हुन्। तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।                        
 

कमेन्ट लोड गर्नुस