सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साढे १५ करोड मुल्यको तस्करी गरेर ल्याएको सामान जफत

तीन वर्षमा १७८ जना पक्राउ

२०८१ असोज १८, ०६:३५ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा तीन आर्थिक वर्षको अवधिमा भन्सार १५ करोड ५८ लाख ८६ हजार २२४ मुल्यको भन्सार छलीको सामान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा चार करोड ५२ लाख २४ हजार ६२०, आर्थिक वर्ष २०७८/७९ मा ६ करोड ८० लाख २८ हजार ८९६ र आर्थिक वर्ष २०७९/८० मा चार करोड २७ लाख ३२ हजार ७ सय ८ रुपैयाँ भन्सार छलीको समानबाट राजस्व सङ्कलन भएको हो।

प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा ७० जना, २०७८/७९ मा पाँच जना र २०७९/८० मा एक सय तीन गरेर एक सय ७८ जना भन्सार छलीका सामान तस्करीमा संकग्नलाई पक्राउ समेत गरेको छ। सुदूरपश्चिममा ट्राफिक जरिबानाबाट सङ्कलन गर्ने राजश्वसमेत वृद्धि हुँदै गएको छ।

प्रदेश प्रहरीले तीन आर्थिक वर्षमा १६ करोड ४३ लाख ३३ हजार रुपैयाँ ट्राफिक जरिबानाबाट राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा चार करोड ५७ लाख ६७ हजार, २०७८/७९ मा पाँच करोड ४१ लाख ९४ हजार र २०७९/८० मा ६ करोड ४३ लाख ७२ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ।

सुदूरपश्चिममा २०७७/७८ मा ६९ हजार ८९, २०७८/७९ मा ९७ हजार एक सय सात र २०७९/८० मा एक लाख १२ हजार ६५५ जना कारवाहीमा परेका छन्।  सुदूरपश्चिममा प्रहरीले काठ तस्करबाट तीन आर्थिक वर्षमा १५ लाख ८५ हजार पाँच सय ४९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ मा ९ लाख ७२ हजार ८१०, २०७८/७९ मा तीन लाख ९४ हजार ७९० र २०७९/८० मा पाँच लाख ७३ हजार २६० रुपैयाँ अवैध काठबाट राजस्व सङ्कलन भएको छ। सो अवधिमा प्रहरीले २ हजार ९३५ दशमलव शुन्य १ क्यूफिटक काठ, २९ वटा सवारी र ७० जनालाई पक्राउ गरेको छ।  

सुदूरपश्चिम प्रदेशमा प्रहरीले तीन आर्थिक वर्षमा १६ करोड ६९ लाख ८० हजार ७४४ रुपैयाँ राजश्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७९/८० मा १० करोड ७६ लाख सात हजार ९६८ रुपैयाँ राजश्व सङ्कलन गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म १५ करोड ६२ लाख १२ हजार ७७६ रुपैयाँ राजस्व संकलन भएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस