सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा किशोरीमाथि करणी गरेको आरोपमा दुई जना पक्राउ

२०८१ असोज १८, ०४:३८ खबर संवाददाता

धनगढीः कैलालीमा एक किशोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही ठाउँका ७१ वर्षीय गजबहादुर दर्लामी मगर र एक १६ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिँह बोहराले बताए।

किशोरले भदौ तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ भने दर्लामीमगरले भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको सूचना अधिकारी बोहराले बताए। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस