सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते

२०८१ असोज १७, ०६:२२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–५ मा सोही ठाउँका आरमन चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८प ६००६नम्बरको मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी हुन्।

घाइते हुनेमा जोशीपुर गाउँपालिका–१ की २१ वर्षीया निर्मला शाही रहेकी छन्। उनको टाउको र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको  छ। घाइते युवतीको निसर्ग अस्पतालमा  उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस