सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २८ मन्दिरका योजनामा तीन करोड बजेट विनियोजन

कैलालीमा परे मन्दिरका ६२ योजना

२०८१ असोज १७, ०९:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा ६२ वटा मन्दिरमा ७ करोड बजेट विनियोजन गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिकामा मात्रै २८ वटा मन्दिरका लागि ३ करोड बजेट विनियोजन गरिएको छ।

धनगढीमा धार्मिक क्षेत्रको भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित शिव मन्दिर घेरवार तथा हवन कुण्ड निर्माणका गर्न ७ लाख, वडा नम्बर ७ स्थित शिव मन्दिर गौडीका लागि ७ लाख, वडा नम्बर १३ स्थित डिलाशैनी मन्दिरको परिसरभित्र ओम शान्तिको गीता पाठशाला भवन निर्माण गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै धनगढी उपमहानगरपालिका–१ स्थित श्रीकृष्ण बलराम मन्दिर निर्माणका लाागि १५ लाख, वडा नम्बर ५ जाईस्थित थारु देउथानमा संग्रहालय स्थापनाका लागि १५ लाख, वडा नम्बर १ पशुपति टोलस्थित मष्टा मन्दिरका लागि १० लाख, वडा नम्बर ४ स्थित शिवपुरी मन्दिरमा जागरण भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

वडा नम्बर ५ स्थित भैरव महाकाली मन्दिर निर्माणका लागि १० लाख, वडा नम्बर १ स्थित नेपाली नुरेजामे मस्जिद संघ पूर्वाधार निर्माणका लागि १० लाख, वडा नम्बर २ स्थित भुवनेश्वरी मन्दिर पूर्वाधार निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–११ स्थित श्री पिण्डेश्वर महादेव अर्धनारीश्वरी अर्चना बाबाधाम पूर्वाधार निर्माणका लागि ११ लाख, वडा नम्बर २ स्थित ग्वाँसी समैजी मन्दिर पूर्वाधार निर्माणका लागि ५ लाख, वडा नम्बर २ स्थित वनदेवी मन्दिर निर्माणका लागि ५ लाख, वडा नम्बर १२ स्थित छोयइलिंग करक्युवा गुम्बामा मूर्ति निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

वडा नम्बर १४ स्थित मोहन्याल मन्दिर निर्माणका लागि ५ लाख, वडा नम्बर १८ स्थित राधाकृष्ण मन्दिर निर्माणका लागि १० लाख, वडा नम्बर १४ मा थारु देथान निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। धनगढीमै भुवनेश्वरी माताको मन्दिर निर्माणका लागि ७ लाख, सिद्धिविनायक गणेश मन्दिर निर्माणमा ७ लाख, नवदुर्गा मन्दिर बाजुरा टोल ‘बी’ गाउँ मर्मत तथा निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, धनगढी–१ मा शिवमन्दिर निर्माणका लागि १५ लाख, वडा नम्बर १२ मा दुर्गा मन्दिर भजन किर्तन भवन निर्माणका लागि ५ लाख, वडा नम्बर ३ मा चण्डेश्वरी भगवती मन्दिर परिसरमा भजन सत्सङका लागि ट्रष्ट निर्माण तथा मन्दिर निर्माण गर्न १० लाख, वडा नम्बर ५ स्थित गौरी महेश्वरी मन्दिर परिसरभित्र योगाहल निर्माण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कमेन्ट लोड गर्नुस