सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कुखुरा फर्म भित्रबाट १२ जना जुवाडे पक्राउ

२०८१ असोज १७, ०७:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा १२ जना जुवाडे पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-१४ बनकट्टी स्थित अमरसिंह कुवँरको बाझो कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खातीसहित भीमदत्त नगरपालिका-१४ बस्ने ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणिराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन्।

यस्तै भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी, भीमदत्त नगरपालिका-२ बस्ने ३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाटा नगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक बोहरा, कैलालीको धनगढी उपमहानगरपालिका-२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय गौतम बिष्ट, कैलालीको गौरीगंगा नगरपालिका-४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन्।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद १ लाख ६ हजार ४७० र ५६ पत्ती ताससहित उनीहरुलाई बुधवार पक्राउ गरेको बताएको छ। 

कमेन्ट लोड गर्नुस