सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना

२०८१ असोज १६, १०:३८ खबर संवाददाता

बैतडीः बैतडीमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ।

जिल्लाको पाटन नगरपालिका–८ को हरिचन मोडमा सुदूूरपश्चिम प्र्देश ०१००१ झ ४०४ नम्बरको एम्बुलेन्स बुधवार दुर्घटनामा परेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले बताए।

जिल्ला अस्पतालको एम्बुलेन्स हरिचन मोडमा माटोमा धसेर नालामा खसेको थियो। दुर्घटनापछि एम्बुलेन्समा सवार गर्भवती महिलालाई अर्को एम्बुलेन्समा पठाइएको छ भने उनको अवस्था सामान्य रहेको छ। चालक प्रकाश चन्दलाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस