सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

२०८१ असोज १६, ०५:२१ खबर संवाददाता

धनगढी: कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट एक र घोडाघोडी नगरपालिका–१ सुखडबाट एक जना पक्राउ परेका हुन।

घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट ४० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २५ वर्षीय मीनबहादुर बुढामगर पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय, सुखडको टोलीले उनलाई बुधवार पक्राउ गरेको हो। यता, धनगढीमा ७७ ग्राम चरेससहित २३ वर्षीया सर्मिला बोहरा पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट बुधवार बिहान उनी पक्राउ परेकी हुन। इलाका प्रहरी कार्यालय बहुलियाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस