सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भिरबाट खसेर बालक गम्भीर घाइते

२०८१ असोज १६, ०९:१७ खबर संवाददाता

धनगढीः कैलालीमा भिरबाट खसेर एक बालक गम्भीर घाइते भएका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका–४ शान्ति टोल बस्ने १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बाख्रा चराउन गएका बेला भट्टराई भिरबाट खसेको बताए। गम्भीर अवस्थामा धनगढी पुगाइएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस