सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते

२०८१ असोज १६, ०९:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन्। बुधवार राति साढे २ बजेको समयमा धनगढी उपमहानगरपालिका–१९ को धामी चोकमा हसुलिया जाँदै गरेको ०१०१२ प ५५१८ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मापसे गरेको अवस्थामा मोटरसाइकल चलाइरहेको अवस्थामा अनियन्त्रित भएर दुर्घटना भएको थियो। बेहोस् अवस्थामा उद्दार गरिएका उनको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस