सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय सञ्चालनको विद्येयक अघि बढाउन ज्ञापनपत्र

२०८१ असोज १५, ०५:०४ खबर संवाददाता

धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विद्येयक अघि बढाउन विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ।

संघर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक प्रतिनिधि सभाबाट पास गराउन भन्दै ज्ञापनपत्र बुझाएको हो। स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापन र मानवस्रोत विकास गरी नागरिकलाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले विश्वविद्यालय सञ्चालन गर्न ऐन निर्माणको प्रक्रिया भने थालेको छ।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्बका भौतिक संरचनाहरु निर्माण गरेको छ। तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन।

राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा थन्केर बसेको विद्येयक यथाशक्य पास गराउन भन्दै विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले मंगलबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापतिलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्दप्रसाद भट्टसहितको टोलीले सभापति थापालाई ज्ञापनपत्र बुझाएको हो। सभापति थापाले तत्काल बैठक राखेर विद्येयक अगाडी बढाउने बताएको नेता लक्षिराम आचार्यले बताए। साथै बुधबार स्वास्थ मन्त्री, शिक्षा, सभामुख र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितिले बताएको छ।

कमेन्ट लोड गर्नुस