सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशालाले मनायो कला संस्कृति उत्सव 

२०८१ असोज १४, ०९:०२ खबर संवाददाता

धनगढीः ‘कला संस्कृति हाम्रो पहिचान,मौलिकता हाम्रो शान’ भन्ने मुलनाराका साथ चैतन्य  पाठशालाले कला संस्कृति उत्सव २०८१ मनाएको छ।

बिजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा चैतन्यले कला संस्कृति कार्यक्रम आयोजना गरेको हो। शिक्षा र संस्कारलाई मुल जोड दिदै आएको चैतन्य पाठशाला हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर टिएन जोशीले चैतन्यले बेला बेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्नुका साथै कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुर्याउने बताएका थिए।

कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका सिईयो गणेशप्रसाद जोशीले पाठशालाका यस्ता अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत पाठशालाका शुभचिन्तकहरुबाट मिलेको हौसलाले थप उर्जा मिलेको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको आशा लिएको बताए।No description available.

त्यस्तै कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्राधानाध्यापक कटकबहादुर सिहँले हामी हाम्रो कला संस्कृतिलाई हामीले नै जगेर्ना गर्नु पर्ने बताए। उक्त कार्यक्रममा साँस्कृति प्रस्तुति, स्थानीय कलाकारको प्रस्तुति,स्थानीय मौलीक परिकार, देउडा प्रस्तुति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस