सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

२०८१ असोज १४, ०४:३१ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

सोमबार इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट मालाखेती बस्ने १८ वर्षीय एक किशोरलाई १ ग्राम ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ। उता कञ्चनरमा पनि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० सडकघाट, पिपलचौतारा नजिकै लागुऔषधसहित एक युवकलाई पक्राउ गरिएको छ।

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलको अगाडीको इन्डिकेटर लाईटभित्र सेतो प्लास्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा भारतको पिलिभित हजारा थानाका ३३ वर्षीय गुड्डु नाम बताउने व्यक्तिलाई ३ ग्राम ३५ मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस