सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा यात्रु सहायता कक्ष स्थापना

२०८१ असोज १४, ०१:४७ खबर संवाददाता

बझाङः बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

बझाङस्थित बसपार्क, बस बिसौनि, यात्रुहरु आवतजावत हुने स्थानमध्ये जयपृथ्वी राजमार्गमा रहेका बसपार्क, जिप पार्क, सिमखेत, बगडगाँउ, देउरा, बागथला र बिथ्डमा यात्रु सहायता कक्ष महान जाड वडा दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर लामो तथा  छोटो दुरिका सवारीसाधनहरुमा यात्रा गर्ने यात्रुहरुलाई सहजता प्रदान गर्न यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका निमिक्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक किशोर जोशीले बताए। 

जिल्ला प्रहरी कार्यालय बझाङ, जिल्ला ट्राफिक कार्यालय सिमखेत र मातहत इकाइहरुबाट जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गरेका सबैको समस्या समाधानको प्रयास यही डेस्कबाट हुने उनले बताए। यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्याहरू भएमा सिधै कक्षमा बताउन समेत उनको आग्रह छ।

कमेन्ट लोड गर्नुस