सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका कपडा बरामद

२०८१ असोज १३, ०९:५१ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी र गौरीगंगा नगरपालिका–६ बनबेहडाबाट करिब ७० हजार ७७० मुल्य बराबरका कपडा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेती,कैलाली अपराध अनुसन्धान शाखा र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो। बरामद गरेका लेडिज कुर्ता, सुट, ब्लाउज, जुत्ता, चप्पल, टर्चलाईटमा लाग्ने ब्याट्री लगाएतका सामान कारबाहीका  लागि भन्सार कार्यालयमा पठाएको छ।
 

कमेन्ट लोड गर्नुस