सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक निर्माणका लागि बजेट नदिएको भन्दै गोदावरीका स्थानीय आन्दोलित

२०८१ असोज १३, ०७:५८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बजेट नदिएको भन्दै सेहरीका स्थानीय दोस्रो पटक आन्दोलित भएका छन्।

प्रदेश सरकार र स्थानीय सरकारले धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजनको माग गर्दै उनीहरुले यस अघि यहि  असोज ७ गते आन्दोलन गरेका  थिए। उनीहरूले सडक निर्माणको लागि बजेट माग गर्न तथा सरकारलाई दवाव दिन सङ्घर्ष समिति समेत गठन गरेका थिए।

उनीहरुले गरेको मागको सम्बोधन नभएपछि आज फेरी आन्दोलीत भएका हुन। नगरपालिका अगाडि गएर आज फेरी सडक  पिचको लागि बजेट माग गर्दै नाराबाजी समेत गरेका थिए। उनीहरुले ‘बाटो पिच गर, जनतालाई लुट्न पाइदैन’ लगाएतका नारा लगाएका थिए।

साथै  नगरप्रमुख विरेन्द्र  भट्टका विरुद्ध पनि नाराबाज िगरेका थिए। सङ्घर्ष समितिल ७ गते गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई ज्ञापनपत्र पनि बुझाएका थिए। गोदावरी नगरपालिकाले धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको गुनासो स्थानीयको छ।

गोदावरी नगरपालिका–९ का स्थानीयले प्रयोग गर्ने सडकमा ग्राभेलसमेत नगरिएको उनीहरूले बताएका छन्। कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी जानुपर्ने भएपनि सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय पुत्तुलाल रानाले बताए।

गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि जाने महिलाहरूलाई बढी सास्ती रहेको स्थानीय पार्वती खत्रीले बताइन। उनले भनिन्, ‘नेताहरूले बाटो बनाउछौ भन्नु भयो। हामी पनि नेताको भरमा परेका हौ। मुर्कटीदेखि बेलासम्मको सडकमा अहिले पनि बजेट आएन। हाम्रा महिलाहरूलाई कति समस्या छ। खाल्डा छन्। हाम्रो नदीबाट राजस्व कमाउने। राम्रो सडक बिग्रेने ? तर, हाम्रो बाटोमा बजेट नदिने ? हामी नदीहरु बन्द गर्छाै।’ गोदावरी नगरपालिका–९ का स्थानीयले खुटिया खोलाबाट नदीजन्य पदार्थ सङ्कलन र ढुवानी गर्न नदिने बताएका हुन्।

निर्वाचनको समयमा मात्र नेताहरू गाउँमा भोट माग्न आउने उनीहरूको गुनासो छ। गोदावरी नगरपालिका सुदूरपश्चिम सरकारले खुटिया खोलाबाट लाखौँ रकम नदीजन्य पदार्थ बिक्रीबाट आम्दानी गर्ने गरेको भएपनि वडाका नागरिकलाई उपेक्षा गरिएको गुनासो उनीहरूको छ। 
 

कमेन्ट लोड गर्नुस