सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालबाट दैनिक ५० जना मुटुका बिरामीले उपचार हुँदै

२०८१ असोज १३, ०६:५७ कमल सावद

धनगढीः सेती प्रादेशिक अस्पतालबाट दैनिक झण्डै ५० मुटु रोगका बिरामीको उपचार हुने गरेको पाइएको छ। सो अस्पतालमा दैनिक ४० देखि ५० जना मुटु रोगका बिरामी आउने गरेको सेती प्रादेशिक अस्पताल धनगढीका मुटुरोग विशेषज्ञ डाक्टर चित्रराज शर्माले बताए।

मुटु रोगका बिरामीमध्ये छाती दुख्नेको सङ्ख्या सबैभन्दा धेरै देखिएको उनले बताए। बच्चादेखि वृद्धसम्मै छाती दुख्ने समस्या लिएर आउने गरेको उनको भनाई छ। उमेर पुगेका बिरामीहरूमा बाथरोग, उच्च रक्तचाप, हटअट्याक लगायत समस्या देखा पर्ने गरेको मुटुरोग विशेषज्ञ डाक्टर शर्माले बताए। उनले हट्अट्याक भएका बिरामीहरूमा ५० प्रतिशतको मृत्यु हुने बताए। उनले भने, ‘विश्वमा मृत्युको मुख्य कारण हटअट्याक नै हो। हटअट्याक भएपछि ५० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। धेरै बिरामीहरूको घरमा नै मृत्यु हुने गरेको छ।’

यस्ता बिरामीलाई चाँडै अस्पतालमा पुगाउन सके मात्र बचाउन सकिने उनले बताए। छाती दुख्ने र सास फेर्न गाह्रो हुने बिरामीसमेत सेतीमा आउने गरेका छन्। उनीहरूको औषधी र नसा खोल्ने विधिबाट उपचार हुने गरेको छ। तर, सुदूरपश्चिममा नसा खोल्ने प्रविधिको विस्तार भने भएको छैन। डाक्टर शर्माका अनुसार मुटुलाई चाँप परेको समयमा बढी समस्या देखिने गरेको छ। मुटुले बढी काम गर्नुपर्ने अवस्थामा समस्या देखिने हुन्छ। जाँगर नलाग्ने, मुटु दुख्ने र साँस फेर्न गाह्रो हुने मुटु रोगका प्रमुख लक्षण हुन्। यसका साथै सहन नसक्ने दुखाइ हुने गर्छ। दुखाइ विशेष गरी बायाँ छातीतिर सर्ने गर्छ। मुटु रोगको दुखाइ नाभिभन्दा तल शरीरको भागमा भने दुखाइ सर्दैन। चिसोको मौसममा मुटु रोगका बिरामीको सङ्ख्या धेरै हुने गरेको डाक्टर शर्माले बताए। नेपालमा १५ वर्षभन्दा मुनि तथा ७५ वर्षभन्दा माथि उमेर समूहका मुटु रोगका बिरामीको उपचार निःशुल्क हुने व्यवस्था छ।

सेती प्रादेशिक अस्पतालबाट दैनिक ५० जना मुटुका बिरामीले उपचार हुँदै धनगढीः सेती प्रादेशिक अस्पतालबाट दैनिक झण्डै मुटु रोगका बिरामीको उपचार हुने गरेको पाइएको छ। सो अस्पतालमा दैनिक ४० देखि ५० जना मुटु रोगका बिरामी आउने गरेको सेती प्रादेशिक अस्पताल धनगढीका मुटुरोग विशेषज्ञ डाक्टर चित्रराज शर्माले बताए। मुटु रोगका बिरामीमध्ये छाती दुख्नेको सङ्ख्या सबैभन्दा धेरै देखिएको उनले बताए। बच्चादेखि वृद्धसम्मै छाती दुख्ने समस्या लिएर आउने गरेको उनको भनाई छ। उमेर पुगेका बिरामीहरूमा बाथरोग, उच्च रक्तचाप, हटअट्याक लगायत समस्या देखा पर्ने गरेको मुटुरोग विशेषज्ञ डाक्टर शर्माले बताए। उनले हट्अट्याक भएका बिरामीहरूमा ५० प्रतिशतको मृत्यु हुने बताए। उनले भने, ‘विश्वमा मृत्युको मुख्य कारण हटअट्याक नै हो। हटअट्याक भएपछि ५० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। धेरै बिरामीहरूको घरमा नै मृत्यु हुने गरेको छ।’ यस्ता बिरामीलाई चाँडै अस्पतालमा पुगाउन सके मात्र बचाउन सकिने उनले बताए। छाती दुख्ने र सास फेर्न गाह्रो हुने बिरामीसमेत सेतीमा आउने गरेका छन्। उनीहरूको औषधी र नसा खोल्ने विधिबाट उपचार हुने गरेको छ।

तर, सुदूरपश्चिममा नसा खोल्ने प्रविधिको विस्तार भने भएको छैन। डाक्टर शर्माका अनुसार मुटुलाई चाँप परेको समयमा बढी समस्या देखिने गरेको छ। मुटुले बढी काम गर्नुपर्ने अवस्थामा समस्या देखिने हुन्छ। जाँगर नलाग्ने, मुटु दुख्ने र साँस फेर्न गाह्रो हुने मुटु रोगका प्रमुख लक्षण हुन्। यसका साथै सहन नसक्ने दुखाइ हुने गर्छ। दुखाइ विशेष गरी बायाँ छातीतिर सर्ने गर्छ। मुटु रोगको दुखाइ नाभिभन्दा तल शरीरको भागमा भने दुखाइ सर्दैन। चिसोको मौसममा मुटु रोगका बिरामीको सङ्ख्या धेरै हुने गरेको डाक्टर शर्माले बताए। नेपालमा १५ वर्षभन्दा मुनि तथा ७५ वर्षभन्दा माथि उमेर समूहका मुटु रोगका बिरामीको उपचार निःशुल्क हुने व्यवस्था छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस