सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ असोज १३, ०७:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

 भीमदत्त नगरपालिका–२ भासी, बेलौरी नगरपालिका–२ खैरेनीचोक र पुनर्वास नगरपालिका–१० भिमबस्तीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब १ लाख ६३ हजार ९ सय मूल्य बराबरको  सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, सुर्ती, पेय पदार्थ, दरी कपडा, ट्याक्टरको ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नयन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस