सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट काठमाण्डौंका लागि उडे २ जहाज

२०८१ असोज १२, ०३:०७ खबर संवाददाता

धनगढीः धनगढीबाट काठमाण्डौंका लागि २ वटा जहाज उडेका छन्।

प्रतिकुल मौसमका कारण उडान तालिका अनुसार हिजो (शुक्रबार) धनगढी विमानस्थलमा अवतरण भएका दुइवटा जहाज काठमाण्डौं उडान हुन सकेका थिएनन्। बुद्ध र श्री एयरलाइन्सका २ जहाज शुक्रबारदेखि धनगढीमा थिए। विहान ७ र ९ः५५ बजेको समयमा उडान तालिका भए पनि प्रतिकुल मौसमका कारण ती जहाज उड्न सकेका थिएनन्।

तर मौसममा क्रमिक सुधार आएपछि दिउँसो मात्र ती जहाज धनगढीबाट उडेको विमानस्थल कार्यालयले जनाएको छ। मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिले आंशिक रुपमा खुलेको छ। हवाई उडान हुने भन्दै धनगढी विमानस्थल पुगेका यात्रुहरु लामो समयको प्रतिक्षापछि हवाई यात्रा गर्न सफल भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो। तर आज १२ बजेदेखि मौसम अनुकुल क्षेत्रमा आन्तरिक उडान सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ। सोहीअनुसार धनगढी–काठमाण्डौं र काठमाण्डौ–धनगढी उडान सेवा सुचारु भएको छ।

कमेन्ट लोड गर्नुस