सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दृष्टि फाउण्डेशनमा न्यानो लुगा र फलफूल वितरण

२०८१ असोज ११, ०६:४४

धनगढी : कैलालीको धनगढीमा रहेको दृटि फाउण्डेशनमा न्यानो लुगा र फलफूल वितरण गरिएको छ। डडेल्धुराका चेतराज भट्टले दृष्टि फाउण्डेसनमा जन्म दिनको अवसरमा न्यानो लुगा तथा फलफूल वितरण गरेका हुन।

उनले शुक्रवार २० थान बढी न्यानो लुगा र फलफूल वितरण गरेका छन्। बेसहाराको सहारा बनेको दृष्टि फाउण्डेसनलाई विभिन्न समयमा सहयोग गर्दै आएका भट्टले जन्मदिनमा समेत सहयोग गरेका हुन। उनले अनावश्यक खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न आफूले असहायसँग जन्म दिन मनाउने गरेको बताए ।

फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले जाडो मौसम सुरु हुन लागेकोले फाउन्डेसनमा आश्रय लिएर बसेकाहरूलाई न्यानो लुगाले सहयोग पुग्ने बताइन्

धनगढी उपमहानगरपालिका–१३ मा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका महिला, यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका महिलालाई सेवा दिइरहेको छ। फाउन्डेसनललाई समाजसेवी तथा व्यवसायी भट्टले यस अघि पनि ५० थान बढी न्यानो लुगा सहयोग गरेका थिए।

उनी डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को पूर्व वडाध्यक्ष समेत हुन।

 

कमेन्ट लोड गर्नुस