सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तह भएको ८ वर्षपछि साइपालमा बैंक

२०८१ असोज ११, ०३:५० खबर संवाददाता

बझाङः स्थानीय तह भएको ८ वर्षपछि साइपालमा बैंक खुलेको छ।

अहिलेसम्म पनि बैंकविहीन रहेको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएको हो। गाउँपालिकाको प्रवेशमार्गमा रहेको पहिलो गाउँ धलौनमा एभरेष्ट बैंकले शाखा स्थापना गरेर संचालनमा ल्याएको हो। बैंक संचालनमा आएपछि खाता खोल्ने काम भइरहेको बैंकका साइपाल शाखा प्रमुख रामकुमार थापाले बताए।

बैंकका लागि आवश्यक पर्ने विद्युत आपुर्ति गर्न गाउँपालिकाले करिब १० लाख रुपैयाँ बराबरको पाँच किलोवाट सोलार जडान गरिदिएको छ। नेपाल राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो।

कमेन्ट लोड गर्नुस