सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम सुदूरपश्चिम क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफमा एसपीए प्रथम 

२०८१ असोज ११, १२:४१ खबर संवाददाता

धनगढीः प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता–२०८१ मा एसपीए क्याम्पस प्रथम भएको छ।

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा कैलाली बहुमुखी क्याम्पसमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा एसपीए कलेज पहिलो स्थान हासिल गर्न सफल भएको हो।

विद्यार्थीहरूमा भएको क्षमता, प्रतिभाका र ज्ञानको प्रस्फुटन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा एसपीए कलेजबाट उप–प्राध्यापक इन्द्रमणि अवस्थीको नेतृत्वमा रञ्जित धनाडी बि.एड चौथो वर्ष, गोविन्द कलौनी बि.एड चौथो वर्ष, नेत्र बोगटी बि.एड तेस्रो वर्ष र यशोदा जोशी बि.बि.एस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसहितको सहभागी टोलीले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार राशि एक्काइस हजार एक सय एघार रुपैयाँसहित पुरस्कृत भएको छ।

साथै आयोजकले द्वितीयलाई बाह्र हजार दुई सय बाइस र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कार सात हजार सात सय सतहत्तर र प्रमाण पत्र प्रदान गरेको छ। 
 

कमेन्ट लोड गर्नुस