सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना किशोर पक्राउ

२०८१ असोज ११, ०७:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना किशोर पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१७ मझगाउबाट भीमदत्त नगरपालिका–१५ बस्ने एक जना १८ वर्षीय किशोर र भीमदत्त नगरपालिका–१८ का दुई जना किशोर गरी ३ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त खटिएको प्रहरी टोलीले उनीहरुलाई शुन्य दश्मलव ९६ ग्राम लागू औषध (खैरो हेरोइन) र तीनै जना सवार म २ प ४२०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस