सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २ किलो बढी चरेससहित एक जना पक्राउ

२०८१ असोज १०, ०२:५५ खबर संवाददाता

धनगढीः कैलालीमा २ किलोभन्दा बढी चरेससहित एक जना पक्राउ परेका छन्। बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–८ बडैपुरमा चरेससहित एक जना पक्राउ परेका हुन्।

बझाङको केदारस्यु गाउँपालिका–६ का २२ वर्षीय गोबिन्द धामीले बोकेको कालो झोलाभित्र २ किलो ७४० ग्राम चरेस फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस