गौरीगंगाबाट ४ सय ५० किलो अवैध चिनी बरामद
धनगढीः कैलालीबाट अवैध चिनी बरामद गरिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–११ सितापुरबाट भन्सार छलीको अन्दाजी ४ सय ५० किलोग्राम चिनी बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय मुसुरियाबाट खटिगएको प्रहरी टोलीले ४५० किलोग्राम अन्दाजी २८ हजार ५ सय मुल्य बराबरको चिनी बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको चिनी कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।