सेती अस्पतालमा पत्थरीको कठिन शल्यक्रिया सफल
धनगढी स्थित सेती अस्पतालमा पत्थरीको कठिन शल्यक्रिया सफल भएको छ। अस्पतालले उक्त शल्यक्रियालाई अहिले सम्मकै ठुलो र कठिन भएको दावी गरेको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर १६ बसन्तपुरका ७६ बर्षीय रामप्रशाद जोशीको पिशाव थैलीमा रहेका दुई वटा पत्थरीको शल्यक्रिया सम्पन्न भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए।
दुवै पत्थरीको चिरेर शल्यक्रिया गरिएको हो। अस्पतालका सर्जन डाक्टर मेराज आलम अन्सारी, उनका सहयोगी डाक्टर अरुण पाण्डेय, एनेस्थेसीया डाक्टर कपिल गौतम, उनका सहयोगी डाक्टर सरोज पाठक र नर्स किरण पाण्डेयको टिम शल्यक्रियामा खटिएको थियो। पिसाव थैलीको एउटा ८ सेन्टिमिटर लम्वाई र ५ सेन्टिमिटर चौडाई तथा अकौ ५ सेन्टिमिटर लम्वाई र ३ सेन्टिमिटर चौडाईको पत्थरी रहेको डाक्टर अन्सारीले बताए।