कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ
२०८१ असोज ९, ०६:३८
कञ्चनपुरः कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–२ का सुर्यबहादुर चौधरी पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कञ्चनपुरले बैँकिङ कसुर मुद्दामा २०८० पौष १२ गते १ वर्ष ७ महिना २५ दिन कैद र २ लाख जरिवाना तोकेको थियो।
सजाय तोकेकै दिनबाट फरार रहेका चौधरीलाई प्रहरीले आज (बुधवार) पक्राउ गरेको हो। उनलाई सजाय भुक्तानको लागि अदालतले कारागार चलान गरेको छ।
कमेन्ट लोड गर्नुस