कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–२ का सुर्यबहादुर चौधरी पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कञ्चनपुरले बैँकिङ कसुर मुद्दामा २०८० पौष १२ गते १ वर्ष ७ महिना २५ दिन कैद र २ लाख जरिवाना तोकेको थियो।
सजाय तोकेकै दिनबाट फरार रहेका चौधरीलाई प्रहरीले आज (बुधवार) पक्राउ गरेको हो। उनलाई सजाय भुक्तानको लागि अदालतले कारागार चलान गरेको छ।