सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

२०८१ असोज ९, ०५:२८ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–५ मेडिकल कलेज नजिक से ६ प २६२७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक ३० वर्षीय हरि चौधरी र २५ वर्षीया सुशिला चौधरी घाइते भएका छन्। घाइते दुबै जनाको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस