सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट ६ लाख बढीको सामान बरामद

२०८१ असोज ९, ०९:०७ खबर संवाददाता

धनगढीः प्रहरीले कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ। मंगलवार दुवै जिल्लाका छुट्टा छुटै स्थानबाट ६ लाख बढीको अवैध सामान बरामद गरिएको हो।

धनगढी उपमहानगरपालिका–३ पक्कीकुवा, धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाट, भजनी नगरपालिका–६ नवलपुर, गौरीगंगा नगरपालिका–११ सितापुर र जोशीपुर गाउँपालिका–४ लक्कड मन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ८७ हजार ८५० रुपैयाँ  बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उक्त मुल्य बराबरको प्याज, चिनी, बिडी, पेय पदार्थ, जुत्ता, छिद्रा माछा  लगायतका सामान बरामद गरिएको कार्यालयले जनाएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी, भीमदत्त नगरपालिका–६ ऐठपुर, भीमदत्त नगरपालिका–१८ मदनचोक, बेलौरी नगरपालिका–२ वनशक्ति, बेलौरी नगरपालिका–६ बैशाखी, पुनर्वास नगरपालिका–१ बादलचोक, पुनर्वास नगरपालिका–९ खड्डाघाट, पुनर्वास नगरपालिका–११ डोकेबजार र दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४ लाख ७७ हजार ६२५ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त स्थानबाट चिनी, गुड, दाल, पेय पदार्थ, मसला, सरफ, सुर्ती, बिस्कुट, मिठाई, जुत्ता, साईकल हेण्डल, टायर, ट्युब, ब्रेकतार, तिल्ली, पाइडल, किला, टिका थाली, टिनको जाली, पंखा, ड्रिल मेसिन, मोटरसाइकलमा प्रयोग हुने पाटपुर्जा, कराइ, फराइबिन, परात, डेक्ची  लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस