सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ

२०८१ असोज ९, ०७:१२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया जंगलबाट कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाँउका २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना मंगलवार पक्राउ परेका हुन्।

दुबै जनालाई ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताएको छ। 

कमेन्ट लोड गर्नुस