कैलालीमा लागुऔषधसहित पसल सञ्चालक पक्राउ
धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सका पसल सञ्चालक बझाङको केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बरबहादुर गुरधामी लागूऔषधसहित पक्राउ परेका हुन्। उनी ५३ ग्राम ८ सय १० मिलिग्राम लागुऔषधिसहित सोमबार दिउँसो इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।