सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य हालसम्मकै उच्च

२०८१ असोज ८, १२:४७ खबर संवाददाता

काठमाडौँ: सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सयले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार सात सय निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।

यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ निर्धारण भएको छ।

कमेन्ट लोड गर्नुस