सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एसपी बिष्टसहित चार प्रहरी पुरस्कृत 

२०८१ असोज ७, ०९:५१ खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टसहितका चार जना प्रहरी पुरस्कृत भएका छन्।

अमरगढी नगरपालिका–२की ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो।

बिमा धनगढी बस्दै आएकी थिइन्। एसपी बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरि नगदसहित पुरस्कृत गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले एसपी बिष्टलाई रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत गरिएको बताए। 
 

कमेन्ट लोड गर्नुस