सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश एफएमका पूर्व सम्पादक भट्ट प्रेस काउन्सिलबाट पुरस्कृत

२०८१ असोज ७, ०५:३४

धनगढी : दिनेश एफएम/दिनेशखबरका पूर्व सम्पादक शिवराज भट्टलाई प्रेस काउन्सिल नेपालले पुरस्कृत गरेको छ। प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिक उत्सवमा उनीहरूलाई पुरस्कृत गरिएको हो। पूर्व सम्पादक भट्ट २० हजार रासीको प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन।

भट्ट अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका सुदूरपश्चिम ब्युरोप्रमुख पनि हुन। राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले २० हजार रकम प्रमाणपत्रसहित सम्मानित गरेका हुन। यस्तै, कैलालीबाट भानुभत्त आर्चाय, डोटीबाट अरुण बम र बाजुराबाट सँगीता तिमिल्सेनालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। कञ्चनपुरबाट लक्ष्मण तिवारीलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। 

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेल र सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गरेका थिए। काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागत सहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान गरेको थियो।
 

कमेन्ट लोड गर्नुस