सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद

२०८१ असोज ७, ०५:०९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्गरु स्थित महाकाली नदी किनारबाट अन्दाजी ५ लाख ८२ हजार २ सय मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छली ल्याएका मिश्री, गुड, नरिवल, बिस्कुट, सलाई, बेसार, धुलो खुर्सानी, झोला, त्रिपाल लगायतका सामान प्रहरी चौकी सितापुल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मबाट संयुक्त रुपमा खटिएको टोलीले सामान नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस