सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई महिनामै ८१ जना लागुऔषधसहित पक्राउ

२०८१ असोज ७, ०५:०४ कमल सावद

धनगढी: चालु आर्थिक वर्षका २ महिनामा मात्र ८१ जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषध सम्बन्धीका ५३ मुद्दाामा ८१ जनालाई पक्राउ गरेर मुद्दो चलाइएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा् चलाइएको बताएको छ। पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेका छन्। साउनमा दर्ता भएका ३३ वटा मुद्दाईमा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दाखमा ३४ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ।

भदौमा मात्र २० किलोग्राम ८९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोईन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले बताए। उनकाअनुसार साउनमा ३८ ग्राम ३७० मिलिग्राम चरेस, १९ ग्राम ९३० मिलिग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेट लगायतका लागुऔषध बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख विष्टले भने, ‘कैलालीमा लागुऔषधको कारोबार घटेको छ। भारतीय प्रहरीले ठुला कारोबारीहरूलाई नियन्त्रणमा लिएको छ। यूपीमा ठुलो कारोबार गर्ने एक जनाको मृत्युसमेत भएको छ। भारतीय प्रहरीले इन्काउन्टरमा लागुऔषधको कारोबारीलाई मारेको थियो। अहिले सानो मात्राको मात्र आउने गरेको छ। भारतमा सानो मात्रालाई मुद्दाक नचलाउने भएकालेसमेत समस्या भएको हो।’ 

नेपाल प्रहरीको फरारको सूचिमा रहेका लागुऔषधका कारोबारी अंकित माल्या र बिक्की नेपालीलाई भारतीय प्रहरीले गत वैशाख दोस्रो साता पक्राउ गरेको थियो। धनगढीसहितका बजारहरूमा उनीहरूले लागुऔषधको आपूर्ति गर्दै आएका थिए। उनीहरू पक्राउ परेपछि धनगढीम ठुलो मात्राको लागु औषधको आपूर्ति कम भएको तर्क विष्टको छ।

बिक्कीबाट एक सय ३० ग्राम लागुऔषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ भारतीय प्रहरीले बरामद गरेको थियो। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको थियो। भारतको कानुन अनुसार दुबै जनालाई आवश्यक कारबाही थालिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस