सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गा प्रसाईंको पक्षमा नारावाजी गर्ने ४ जना गिरफ्तार

२०८१ असोज ६, ०७:५२ खबर संवाददाता

काठमाडौँः दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

ब्युरोले आइतवार अपरान्ह उनकै निवासबाट  प्रसाईलाई पक्राउ गरेको थियो। उनलाई साइबर व्युरोबाट अस्पताल लगेर त्यहाँबाट जिल्ला अदालत ल्याइएको हो। प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा चरीत्र हत्या गरेको मुद्दा छ।

उनलाई अदालत ल्याउँदा नारावाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिएकी थिइन्। आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन।
 

कमेन्ट लोड गर्नुस